दुई जिल्लामा सवारी दुर्घटना : ७ जनाको मृत्यु
दार्चुला र सुनसरीमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा बुधबार से.१ ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ कफलसेरी गाउँपालिका–६ बस्ने ५५ वर्षीया चन्का देवी बोहरा सहित छन् । मृत्यु हुनेहरूमा ४ जना पुरुष र एक जना महिला रहेका छन् ।
दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ८ जनालाई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएकोमा १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । उपचाररतमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । सुनसरीको धरान उपमहानगरपालिका–८ कोशीस्थित सडकमा को.२ च १६६७ नम्बरको पिकअप र प्रदेश–१–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार साँझ भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–११ बस्ने ३१ वर्षीय सुरज दाहाल छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरी, दुहबी नगरपालिका–२ स्थित सडकमा स.४ प ११८९ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकल चालकको हाल पहिचान खुल्न सकेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका उनको दुहबी जिवन ज्योती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै