बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनमा बाढीको वितण्डा : १६ जनाको मृत्यु, दर्जनौ बेपत्ता

बिहीबार, ०२ भदौ २०७९, १४ : ४२
बिहीबार, ०२ भदौ २०७९

चीनको उत्तर पश्चिमी क्षेत्रमा अचानक आएको अविरल वर्षापछिको बाढी र पहिरोमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् ।  छिङहाई प्रान्तको दाटोङ काउन्टीको पहाडी क्षेत्रमा आएको बाढीबाट ६ वटा गाउँका ६ हजार २ सयभन्दा बढी मानिस प्रभावित भएको चिनियाँ सञ्चार माध्यम सीसीटीभीले जनाएको छ ।

‘बिहीबारसम्म १६ जनाको मृत्यु भएको छ भने ३६ जना हराइरहेका छन्’, उक्त सञ्चार माध्यमले भन्यो । सामान्यतया चीनमा चरम गर्मी मौसमको समयमा आउँछ । अधिकांश सहरको तापक्रम तीब्र बढेको छ ।  सरकारी सञ्चारमाध्यमले प्रकाशित गरेको एउटा भिडियोमा माटोले ढाकिएका सडक, ढलेका रूख, क्षतिग्रस्त घरहरू र बाढीमा हराइरहेका व्यक्तिको खोजीमा खटिएका उद्धारकर्मीलाई देख्न सकिन्छ । 

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विश्वभर तापक्रम बढ्दै गएको बताउँदै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप