भीम रावलको संसदमा कविता– ‘देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ’
एमाले सांसद भीम रावलले प्रतिनिधि सभा बैठकमा कविता सुनाएका छन् ।
देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ
नागरिकता जस्तो सस्तो छ साह्रै स्वाधिनता दाउमा छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक माथिको छलफलका क्रममा उनले राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ११३ को उपधारा ३ अनुसार फिर्ता गरेको नागरिता विधेयक देश हितका लागि गरेको बताए । राज्यव्यवस्था समितिको प्रतिवेदनका आधारमा विधेयक फिर्ता पठाउनु उचित मात्र नभई राष्ट्रियताका लागि कर्तव्य पालना नै गरेको उल्लेख गरे ।
संविधानको धारा ११४ अन्तर्गत जारी अध्यादेशलाई धारा ११३ अन्तर्गत पुनर्विचार गर्न फिर्ता पठाउनुलाई एउटै रुपमा हेर्न नहुने बताए । सांसद रावलले भने, ‘नागरिकता नपाउने को हुन्, कतिले पाएका छैनन्, कतिले गैरकानुनी रुपमा नागरिकता पाएका छन्, त्यसको छानविन हुनुपर्छ ।’
भारत बेलायत, बंगलादेश, भुटान लगायतका देशमा स्वदेशीसँग बिहे गरेकी महिलाका लागि ७ बर्षसम्म समय राखेकोमा नेपालले पनि सो अवधी राख्नु कसरी गलत हुन्छ भन्दै रावलले प्रश्न गरे । उनले चीरकालसम्ममा नेपालको अस्तित्व समाप्त पार्ने उद्देश्यका साथ सो विधेयक आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी