शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा लागूऔषधसहित ४ जना पक्राउ

बिहीबार, ०२ भदौ २०७९, १४ : ३२
बिहीबार, ०२ भदौ २०७९

काठमाडौं, मकवानपुर, झापा र धादिङबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२ लाजिम्पाट खुर्सानीटारबाट ३५० ग्राम गाँजासहित रामेछाप घर भएका १९ वर्षीय चिना तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  मकवानपुरको हेटौंडा उपमहानगरपलिका–१० न्युरेनीबाट ३०५ ग्राम खैरो हेरोइनसहित सोही उपमहानगरपलिका–३ बस्ने १९ वर्षीय राजेन्द्र कामीलाई बुधबार प्रहरीले पक्राउ गरेको   छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट एक ग्राम ब्राउन सुगरसहित अर्जुनधारा नगरपालिका–११ बस्ने ३२ वर्षीय पशुपति दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीबाट करिब २६४ केजी गाँजासहित सोही गाउँपालिका–७ बस्ने ३६ वर्षीय बुद्धिमान तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवा जान लागेको ग.१ ख ९७५४ नम्बरको ट्रकमा लोड गर्दै गरेको अवस्थामा उक्त गाँजा फेला पारी ट्रक चालक तामाङलाई पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप