पाँच दलीय गठबन्धनमा लोसपा रहने नरहने शुक्रबार टुंगो लाग्ने
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पाँच दलीय गठबन्धनमा सहभागी हुने या नहुने भन्ने विषय शुक्रबार टुंगो लाग्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका नेताहरुबीच बिहीबार भेटवार्ता भएको थियो ।
संसदबाट नागरिकता विधेयक पारित गराउने विषयमा छलफल गर्न लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले संसदबाट नागरिकता विधेयक पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए ।
यस्तै गठबन्धन र सरकार लगायतको विषयमा शुक्रबार छलफल गर्ने तय भएको सोनलले जानकारी दिए । त्यसपछि लोसपाको आगामी यात्रा तय हुने उनको भनाइ छ । उनले भने, ‘नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री देउवा सकारात्मक नै हुनुहुन्छ, संसदबाट विधेयक पास हुनेमा विश्वस्त हुनुहुन्छ । अन्य विषयमा प्रधानमन्त्रीसँग भोलि पनि कुरा हुने सम्भावना छ ।’
तर, जसपाको राजनीतिक समितिको बैठकमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले पाँच दलमा लोसपा सहभागी हुने सम्भावना समाप्त भएको कुरा राखेका थिए । गठबन्धनको बैठक पनि लोसपालाई ल्याउनेमा सकारात्मक देखिएको छैन । यद्यपी प्रधानमन्त्री देउवाले गठबन्धनमा ल्याउने विषयमा लोसपालाई आश्वासन दिँदै आएका छन् । विगतमा प्रधानमन्त्री देउवाले लोसपालाई गठबन्धनमा आउन आग्रह गरेका थिए ।
जतिबेला लोसपा एमालेसँग निकट थियो, त्यो निकटता तोड्नका लागि प्रधानमन्त्री देउवाले पटकपटक लोसपालाई गठबन्धन तथा सरकारमा आउन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन