मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्वीट्जरल्याण्ड र फ्रान्समा नेपाली कलाकारको प्रस्तुति

बिहीबार, ०२ भदौ २०७९, १४ : ०५
बिहीबार, ०२ भदौ २०७९

स्वीट्जरल्याण्डको मान्टिग्नी र  फ्रान्सको कोन्फोलेन्स लगायत स्थानमा नेपाली कला संस्कृति प्रस्तुत गरेर कलाकार एक टोली स्वदेश फर्किएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको संयोजनमा सहभागी कलाकारको टोलीले  स्वीट्जरल्याण्डको मान्टिग्नीमा अगस्ट १ देखि ७ आयोजना भएको अन्तर्राष्ट्रिय सांस्कृतिक मेलामा र फ्रान्सको कोन्फोलेन्समा अगस्ट ९  देखि १६ सम्म आयोजना अन्तर्राष्ट्रिय सांस्कृतिक मेलामा नेपाली कला संस्कृति प्रस्तुत गरेको हो । मेलामा नेपालसहित विश्वका १४ राष्ट्रको  समूह सहभागी थिए ।

नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र) को नेतृत्वमा सहभागी भएको टोलीमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका निर्देशक शीतल आचार्यको निर्देशन तथा वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीको नृत्य निर्देशन सहभागी भएका थिए । जसको संगीत संयोजन रामबहादुर भुजेल रहेका थिए ।

टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने विभिन्न नृत्य प्रस्तुत गरेको थियो । उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, सतार, धिमाल, शेब्रु, कुमारी, लाखे, सोरठी लगायत दर्जनौ नृत्यहरू प्रस्तुत गरिएको एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइरालाले बताए ।

कलाकार टोलीमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला, निर्देशक शीतल आचार्य, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्यतर्फ नृत्य निर्देशक  शम्भु शाही, कृष्ण रेउले,  उत्तम शर्मा, भवानी कोइराला,  प्रमिला रिजाल, सपना महर्जन, गौरी ढकाल कोइराला, सनी शाही, वाद्यवादन तथा गायक गायिकातर्फ वरिष्ठ बाँसुरी वादक रामबहादुर भुजेल, वरिष्ठ वाध्यवादक धनेश्वर तिवारी, वरिष्ठ लोकगायक रामप्रसाद पाण्डे, गायिका रिता बुढाथोकी भुजेल तथा प्रबन्धक डेकप्रसाद अधिकारी (गोपाल) सहभागी थिए ।

सहभागी अन्तर्राष्ट्रिय समूहका कलाकारहरुलाई नृत्य निर्देशक जोगेन्द्र केसीले नेपाली लोक गीत रेशम फिरिरिमा नृत्य प्रशिक्षण गराइ मेलाको उद्घाटन र समापनमा नेपाली गीतमा अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुति राख्न सफल भएका थिए ।

सोही अवसरमा टोलीले फ्रान्स र स्वीट्जरल्याण्डका सम्बन्धित नगरपालिका प्रमुखहरु, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न सकिने सम्भावना बारे तथा भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बारेमा जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप