ताइवानले गर्यो अत्याधुनिक लडाकु जेट प्रदर्शन
बिहीबार, ०२ भदौ २०७९, १३ : ०२
ताइवानले बुधवार आफ्नो सबैभन्दा उन्नत लडाकु जेट प्रदर्शन गरेको छ । चीनले ताइपेइको आकाशमा सैन्य अभ्यास गरिरहेका बेला ताइवानले मिसाइल युक्त एफ–१६ भी प्रदर्शन गरेको हो ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि बेइजिङले यस महिना ताइवान स्ट्रेटमा हवाई र समुद्री अभ्यास गरेको थियो ।
ताइपेईले चीनको आक्रमणको प्रतिरक्षा गर्न आफ्नै अभ्यास गरेको छ । बुधबार वायुसेनाका कर्मचारीहरूले पूर्वी हुवालिन काउन्टीको एयरबेसमा ‘लडाइँको तयारी’ अभ्यासमा अमेरिकामा निर्मित एन्टी–सिप मिसाइलको साथ एफ–१६ भी लडाकु विमान प्रदर्शन गरेका छन् ।
‘चिनियाँ कम्युनिष्ट सेनाको हालैको सैन्य अभ्यासको खतराको सामना गर्दै हामी राष्ट्रिय सुरक्षा सुनिश्चित र जुनसुकै बेला तालिमको अवधारणा स्थापित गर्दै सतर्क रह्यौं,’ ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा