बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभामा प्रस्तुत

बिहीबार, ०२ भदौ २०७९, १२ : ४४
बिहीबार, ०२ भदौ २०७९

राष्ट्रपति विद्या भण्डारीले सन्देशसहित फिर्ता गरेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोध विधेयक प्रस्तुत गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत विधेयक निर्णयार्थ प्रस्तुत गर्दा छलफलका लागि स्वीकृत भएको छ । 

सो विधेयकमाथि प्रतिनिधिसभामा छलफल भइरहेको छ । राष्ट्रपतिले सन्देश सहित फिर्ता पठाएको विधेयकमाथि संसदीय समितिमा छलफल गर्न माग गरेको छ । विधेयकमाथि छलफलमा भाग लिँदै एमाले सांसद प्रदीप ज्ञवालीले संसदमा छलफल गर्नुपर्ने विषय गठबन्धनका नेताहरुले अँध्यारो कोठामा बसेर निर्णय गरी संसदलाई बन्धन बनाउन हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप