केकीले आफ्नै फिल्म रिलिज भएको किन थाहा पाइनन् ?

person explore access_timeभदौ २, २०७९ chat_bubble_outline0

अभिनेत्री केकीले थुप्रै फिल्म अभिनय गरेकी छन् । तर ‘छ माया छपक्कै’ बाहेक उनका कुनै पनि फिल्मले राम्रो व्यवसाय गरेको छैन । अभिनयमा तारिफ भने उनले हरेक फिल्मबाट पाउने गरेकी छन् । पछिल्लो समय उनको अभिनय समेत परिपक्व मानिँदै आएको छ । तर व्यवहारमा भने उनको परिपक्वता देखिँदैन । केही अगाडि आफ्नो व्यक्तिगत सम्बन्ध र विवाह लुकाउन सफल उनी फिल्मी असफलता भने लुकाउन असफल छिन् । 


केही समयअघि उनी अभिनित फिल्म ‘सिल्ली फो’ प्रदर्शनमा आएको थियो । प्रचार–प्रसारको अभावमा फिल्म हलमा लागेको र उत्रिएको दर्शकले पत्तो पाएनन् । सामाजिक सञ्जालमा प्रायः सक्रिय भइरहने केकीले पनि उक्त फिल्मको प्रचारका लागि केही सामाग्री पनि पोष्ट गरिनन् ।



यतिमात्र कहाँ हो र ? भदौ १७ देखि प्रदर्शनमा आउने  फिल्म ‘झिङे दाउ’ को प्रचारमा कमेडी रियालिटी शोमा पुगेकी अभिनेत्री केकीले आफ्नो व्यवसायिक धर्म नै बिर्सिइन् । उक्त कार्यक्रममा उनले आफैंले अभिनय गरेको फिल्म ‘सिल्ली फो’ हलमा लागेको पत्तै नपाएको बताइन् । कलाकारले अभिनय गरेको पारिश्रमिक लिने तर फिल्म फ्लप भएपछि जिम्मा नलिने परम्परा त पहिलेकै हो । तर सफल भए मेरो फिल्म भनेर ठुला कुरा गर्ने र असफल भए रिलिजको पत्तै पाइन भन्नु चाही गलत हो ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।