नागरिकता विधेयक : संसदमा सत्ता र प्रतिपक्ष सांसद आरोप प्रत्यारोपमा
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकका सवालमा सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरु आरोप प्रत्यारोपमा उत्रेका छन् । सत्ता पक्षका सांसदले नागरिकता विधेयकमा राष्ट्रपतिले फिर्ता पठाएर लाखौं नागरिकलाई नागरिकता विहिन बनाएको बताएका छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले राष्ट्रपतिले विवेक पुर्याएर फिर्ता पठाएकाले त्यसलाई सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए ।
एमालेका सांसदहरु कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद दाहालले नागरिकतामा गम्भीर त्रुटी भएपछि फिर्ता पठाएको र यसलाई अवसरका रुपमा लिनुपर्ने बताए । उनीहरुले संसदीय प्रक्रिया र विधिपुर्वक सहमतिका आधारमा त्रुटी सच्चाउनुपर्ने भन्दै सत्तापक्षलाई वलजफ्ती नगर्न आग्रह गरे । त्यस्तै खेमप्रसाद लोहनीले नागरिकताजस्तो विषयलाई विवाहको गिफ्ट दिएजस्तो दिनु नहुने बताए । त्यसैगरी माओवादीकी इन्दुकुमारी शर्माले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारी दलीय मान्यताभन्दा माथि उठ्न नसकेको आरोप लगाएकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले नागरिकतामा सधै राजनीति गरिने गरेको पनि बताइन् । ‘लाखौ मानिस नागरिकता विहिन छन् । राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको साटो फिर्ता पठाएर लाखौ नागरिकको भविष्यमाथि खेलबाड र कुठराघात भयो’, उनले भनिन् ‘ओली नेतृत्वको सरकारले संसद विघटन गरेर अध्यादेशमार्फत ल्याउँदा हुबहु रातारात प्रमाणीकरण गर्ने राष्ट्रपतिले जनताप्रतिको संवेदनशीलता राजनीतिक दलभन्दा माथि उठ्न नसकेको भन्ने बुझिन्छ ।’
उनले यही विधेयक ओलीले ल्याउँदा एमालेका सांसद दश हात माथि उफ्रेको धेरै नभएको भन्दै प्रतिपक्ष सांसदहरुको आलोचना गरिन् । त्यस्तै सांसद गजेन्द्र महतले राष्ट्रपति कार्यालयले राती पठाएको विषय मात्रै प्रमाणीकरण गर्ने गरेको भन्दै राष्ट्रपतिको व्यङ्ग्य गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी