बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘ईभी अटो एक्सपो’ को स्टल बुकिङ खुला

बिहीबार, ०२ भदौ २०७९, ११ : ५९
बिहीबार, ०२ भदौ २०७९

नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘ईभी अटो एक्सपो–२०२२’ को स्टल बुकिङ खुला भएको छ । आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ १ गतेदेखि ५ गतेसम्मका लागि अटो एक्सपोको स्टल बुकिङ्ग खुला गरिएको जनाएको हो । 
अटो एक्सपो आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।  पहिलोपटक ईभी अटो एक्सपो आयोजना गर्न लागेको नाडाले सबै ईभी विक्रेता तथा उपभोक्ताहरुलाई सहभागिताका लागि आह्वान गरेको छ । 
यसअघि भदौ ७ गतेदेखि १२ गतेलाई तोकिएको नाडा अटो एक्सपो–२०२२ सरकारी नीतिका कारण गाडी आयातमा अवरोध भएपछि नाडाले स्थगन गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप