बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला हुँदै

बिहीबार, ०२ भदौ २०७९, ११ : ३६
बिहीबार, ०२ भदौ २०७९

प्रभु बैंकले १० भदौदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४० रुपैयाँ तोकेको छ । 

लगानीकर्ताले १४० रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाहरूले १७ भदौसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैक लिमिटेड नक्साल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप