शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौं उपत्यकामा एकैदिन ३३ सय १७ जना सवारी चालकमाथि कारवाही

बिहीबार, ०२ भदौ २०७९, ११ : २३
बिहीबार, ०२ भदौ २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ३१७ जना सवारी चालकलाई कारवाही गरेको छ ।  ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७८, लेन अनुशासन पालना नगर्ने ७९, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित स्थानमा हर्न बजाउने १३२ र नदेखिने गरी नम्बर प्लेट राख्ने २८ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार ८१८ जना सवारी चालकलाई अन्य कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप