बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बिहीबार, ०२ भदौ २०७९, ११ : १७
बिहीबार, ०२ भदौ २०७९

सुनसरीको धरान उपमहानगरपालिका–८ मा हिजो साँझ जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार इटहरी उपमहानगरपालिका–११ का ३१ वर्षीय सुरज दाहालको धरान घोपामा उपचारका क्रममा मृत्यु भएको हो ।  सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । जिपसहित चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप