शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यदल सदस्यसहित गठबन्धनका शीर्ष नेताको बैठक

बिहीबार, ०२ भदौ २०७९, १० : २८
बिहीबार, ०२ भदौ २०७९

सिट बाँडफाँटका लागि गठित ५ दलीय सत्ता गठबन्धन कार्यदलका सदस्यसहित शीर्ष नेताहरुको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पाँच दलका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु रहेका छन् । 

बैठकमा सिट बाँडफाँटको मापदण्डका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । साथै राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन लगायतमा छलफल हुनेछ । 

सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलमा बाँडफाँटको मोडालिटीमा सहमति जुट्न नसक्दा प्रतिवेदन तयार पार्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप