शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिडले तपाईंलाई अहिलेसम्म छुन सकेन ? किन त ? थाहा पाउनुहोस् पाँच कारण

बिहीबार, ०२ भदौ २०७९, ०९ : १९
बिहीबार, ०२ भदौ २०७९

तपाईंको परिवारमा वा साथीभाइमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित नभएका कोही छन् ?

तपाईंलाई लाग्न सक्छ कि उनीहरूसँग या त महाशक्ति छन् वा उनीहरूलाई कोभिड परीक्षण कसरी गराउने भनेर राम्रोसँग थाहा छैन ।

तर उनीहरु कि त भाग्यमानी वा विज्ञानका कारण हालसम्म यस्तो नभएको हुनसक्ने सम्भावना छ ।  

हालसम्म किन कोहीलाई कोभिड भएको छैन भनेर यहाँ पाँच कारण बताइएको छ ।

१. संयोग

हुनसक्छ अहिलेसम्म कोभिडबाट बचेकाहरूले लकडाउन अघि ती सुपर स्प्रेडर पार्टीहरूमा भाग लिएका छैनन् ।

ती मानिसहरु सधैँ त्यहि बसमा मात्रै सवार भएका होलान् जसमा कोभिडद्वारा संक्रमित कोही पनि व्यक्ति नभएको हुनसक्छ ।

कोही मानिस कुनै मिटिङमा समावेश भएको तर कोभिडद्वारा संक्रमित व्यक्ति आउनु अघि नै उनीहरु त्यहाँबाट बाहिर निस्किएका पनि हुन सक्लान् ।

सधैँ यस्तै भइरहने सम्भावना त नहोला तर यो सत्य हो कि कोरोना संक्रमणको समयमा केही मानिसहरु महिनौंसम्म यसरी नै भाग्यमानी भइरहेका थिए ।

२. जनसंख्या

भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यसको पछाडिको सम्भावित कारण जनसंख्या हुन सक्छ ।

भाइरस फैलाउनका लागि वाहक चाहिन्छ, तर यदि त्यो वाहक वा होस्टको शरीरबाट भाइरस हटाइयो भने, त्यो मर्छ ।

कोभिड–१९ को लहरले धेरैलाई सङ्क्रमित गर्यो । उसले तपाईंसम्म पुग्नु ठिक अघि थुप्रैलाई नराम्रोसँग थला पारेको छ तर उपचारको क्रममा त्यो त्यहि शरीरमा नष्ट भयो ।

यो पनि संयोग मात्रै हो तर यसको पछाडि पनि विज्ञान छ ।

३. खोप

खोपले तपाईंको शरीरमा एन्टिबडी उत्पादन गर्छ । भाइरसले तपाईंको शरीरमा प्रवेश गर्ने प्रयास गर्ने बित्तिकै तपाईंको शरीरले यसलाई आक्रमण गर्छ ।

एन्टिबडीका कारण तपाईंको शरीरमा रोग अघि बढ्न मुश्किल हुने गर्छ । तर, संक्रमण रोक्न खोपको क्षमता समयसँगै घट्दै जान्छ ।

यसको अर्थ यो हो कि सम्पूर्ण महामारीको समयमा खोपले तपाईंलाई पूर्णतया सुरक्षित गर्न सक्षम हुनेछैन ।

साथै, खोपबाट उत्पन्न एन्टिबडी कोरोनाको नयाँ संस्करणमा त्यति प्रभावकारी पनि छैन ।

अर्थात्, नयाँ भेरियन्टहरू तपाईंको शरीरको प्रतिरक्षा प्रणालीबाट बच्न बढी सक्षम छन् ।

तर सम्भवतः केही मानिसहरुमा भ्याक्सिन यति प्रभावकारी छन् कि उनीहरु एकपटक पनि संक्रमित भएका छैनन् ।

४. जन्मजात प्रतिरक्षा

कहिलेकाहीँ तपाईको शरीरले भाइरसलाई ठूलो संख्यामा बढ्नु अघि नै मार्न सक्छ ।

त्यसैले खोप नलगाएका मानिसहरू कोभिडको सम्पर्कमा आए पनि सधैं सङ्क्रमित हुँदैनन् ।

यो जन्मजात प्रतिरक्षाका कारण हुन्छ र यो हाम्रो शरीरमा अवस्थित पहिलो पंक्तिको  प्रतिरक्षा प्रणाली हो ।

यसको शक्ति व्यक्ति अनुसार फरक हुन्छ र यो किन हुन्छ, हामीलाई थाहा छैन । यस विषयमा विज्ञानसँग धेरै जानकारी छैन ।

५. तपाईंलाई भएको हुनसक्छ तर खबर नभएको पनि हुनसक्छ

तपाईंलाई कोभिड भइसकेको हुनसक्छ तर तपाईंलाई यसबारे केही जानकारी नभएको पनि हुनसक्छ ।

तपाईंलाई कोभिड भइसकेको हुनसक्छ, तर तपाईंलाई यसको कुनै लक्षण नदेखिएको पनि हुनसक्छ र तपाईंले कुनै परीक्षण नगराएको पनि हुनसक्छ ।

यसको सबैभन्दा धेरै सम्भावना छ । यस्तो अवस्थामा, तपाईंलाई कहिले कोभिड भयो भनेर तपाईंलाई थाहा नै हुनेछैन ।

अब तपाईंले आफ्नो परीक्षण गराउनु भएको छैन भने तपाईं आफैँ एक स्प्रेडर बन्नु हुनेछ ।

तर यदि तपाईंलाई साँच्चै नै कोभिड भएको छैन भने तपाईं असाध्यै भाग्यमानी हुनुहुन्छ ।

यद्यपि, नयाँ भेरियन्ट तपाईंको शरीरको पुरानो संक्रमण वा भ्याक्सिनको कारण पैदा भएको एन्टीबडीलाई झुक्याउन पनि सक्षम हुनसक्छ ।

यस्तोमा वैज्ञानिकले यही भन्छन् कि कोभिडले अन्ततः हामीमध्ये लगभग सबैलाई संक्रमित गर्नेछ, लक्षण गम्भीर देखियोस् वा नदेखियोस् ।

महत्वपूर्ण कुरा के हो भने यो भाइरसले हामीमध्ये धेरैजसोलाई अब गम्भीर रुपमा बिरामी पारिरहेको छैन ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप