शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानविरुद्धको शृंखला आयरल्यान्डले जित्यो

बिहीबार, ०२ भदौ २०७९, ०९ : १८
बिहीबार, ०२ भदौ २०७९

अफगानिस्तानविरुद्धको अन्तिम खेल ७ विकेटले हात पार्दै पाँच टी २० अन्तर्राष्ट्रिय शृंखला घरेलु टोली आयरल्यान्डले ३-२ ले जितेको छ । 

वर्षाले प्रभावित भएपछि ५६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ६.४ ओभरमा तीन विकेट गुमाउँदै शृंखला आफ्नो पक्षमा पारेको हो । आयरल्यान्डका पाउल स्टर्लिङ १६ रन तथा लोर्कान टकर १४ रनको योगदान गरे । अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनायो । तर, फेरि वर्षा भएपछि आयरल्यान्डले डकवर्थ लेविसको आधारमा ५६ रनको लक्ष्य पायो ।

अफगानिस्तानका उस्मान घानीले सर्वाधिक ४४ रन बनाए । आयरल्यान्डका मार्क आदिरले ३ विकेट लिए । यस अघि सुरुवाती दुई खेल आयरल्यान्डले क्रमश: ७ र ५ विकेटले जित्यो । तेस्रो र चौथो खेलमा अफगानिस्तानले क्रमशः २२ र २७ रनको जित निकाले पनि अन्तिम खेल भने गुमाउन पुग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप