शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनाङमा १ वर्षमा थपिए ४९ वटा नयाँ उद्योग

बिहीबार, ०२ भदौ २०७९, ०८ : २९
बिहीबार, ०२ भदौ २०७९

हिमाली जिल्ला मनाङमा एक वर्षमा ४९ वटा नयाँ उद्योग थपिएको छ । घरेलु तथा साना उद्योग कार्यालय मनाङका अनुसार ०७८ साउन देखि ०७९ असार सम्मको अवधिमा  विभिन्न प्रकृतिका ४९ उद्योग थपिएका हुन् ।  

मनाङमा सवै भन्दा धेरै कृषि तथा वनपैदावार उद्योग दर्ता भएको घरेलु कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले बताए । उनका अनुसार गत आर्थिक वर्षमा कृषि तथा वनपैदावार उद्योग ३१ वटा, पर्यटन उद्योग १७ वटा र एक सेवा मूलक उद्योग थपिएका छन् । दर्ता उद्योगमा ३६ वटा प्राइभेट र १३ वटा साझेदारी फर्म रहेको कार्यालयले जनाएको छ । 

गत वर्ष जिल्लामा ५२ उद्योग नवीकरण भएको छ भने पाँच उद्योगको नामसारी,  ६ वटा उद्योगको  पूँजी वृद्धि, तीन वटाको नाम परिवर्तन र दुई उद्योगको लगत कट्टा गरिएको कार्यलय प्रमुख पौडेलले बताए । 
 
यसैगरी वाणिज्य तर्फ ५ वटा पाँच वटा नयाँ फर्म दर्ता भएका छन् भने सात वाणिज्य फर्म नवीकरण भएको छ । कार्यालयले गत वर्ष ४५ जनालाई उद्यमशिलता विकास तालिम र ६७ जनालाई सीपविकास तालिम दिएको  छ । 

कार्यालयले पर्यटन प्रवर्द्धनका लागि पदमार्ग, पार्क लगायतका पर्यटकीय संरचना समेत निमार्ण गरिएको घरेलु कार्यालय मनाङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप