मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

दबाबमा महाभियोग छानबिन समिति

बिहीबार, ०२ भदौ २०७९, ०६ : ४०
बिहीबार, ०२ भदौ २०७९

महाभियोग सिफारिस समितिले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ । समितिमा सत्तापक्ष र  प्रतिपक्ष दुवै का सांसदहरूले  छानबिन प्रक्रियालाई चाँडो  निष्कर्षमा पु¥याउन जोड दिएका छन् । बुधबार पहिलो बैठक   बसेको    मितिले  तीन  महिनासम्म  समितिलाई  काम  गर्ने  समय छ तर निर्वाचनको   मिति घोषणा  भइसकेको र  मनोनयनपछि सदन नहुने  भएकाले  छिटो  काम सक्नुपर्ने दबाबमा समिति छ ।

प्रतिनिधि सभाले  साउन २२ गते  प्रस्ताव समितिमा पठाएको  थियो  । बैठकमा एमालेका तर्फबाट सदस्य रहेका कृष्णभक्त पोखरेलले चाँडो काम सक्ने गरी कार्यतालिका बनाएर अघि बढ्नुपर्ने बताए ।

पोखरेलले महाभियोगको सूचनापछिका कानुनले तोकेका प्रक्रिया सही रूपमा पालना नभएको बताए  । उनले भने “सुरुवातदेखि नै प्रक्रिया सही रूपमा पालना भएको छैन । समयमा समितिले काम पाउन सकेन । अब करिब एक महिनाको  अवधि छ । यसमा कसरी टुङ्ग्याउन सकिन्छ कार्यतालिका नै  बनाएर  अघि बढ्नुपर्ने हुन्छ  ।  समितिको कार्यविधि  पनि सोहीअनुसार निर्माण गर्नुपर्छ ।”

पोखरेलले महाभियोगको सूचना दाता नै छानबिन समितिमा रहेका पनि प्रश्न गरे । आफैँ प्रस्तावक रहने र छानबिनमा  आफैँ  बस्ने गलत हुने उनको  भनाइ छ  ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप