बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने कार्यसूची

बिहीबार, ०२ भदौ २०७९, ०६ : ०३
बिहीबार, ०२ भदौ २०७९

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ ।

आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने तयारी गरेको छ । संसद् सचिवालयले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।

संसद्ले यसअघि विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन् । यद्यपि, संसद्ले उक्त विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ । सोही अधिकार संसद्ले प्रयोग गर्न लागेको हो ।  

सत्ता गठबन्धनमा आबद्ध दलहरूले विधेयक पुनर्विचारका लागि पठाए पनि जस्ताको तस्तै अघि बढाउने समझदारी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप