नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने सुनार पक्राउ
ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले काठमाडौँ सिफलका रमोद ठाकुर लोहारको गत वैशाख २६ गते नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने पोखराका २४ वर्षीय अमर सुनारलाई आज पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कालो रङको पल्सर मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी चलाउँदै गरेको अवस्थामा सुनारलाई पकनाजोलबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ सुनारले वास्तविक नम्बर बागमती प्रदेश ०२–०१५ प ८२१८ नम्बरलाई परिवर्तन गरी प्रदेश ०२–०२० प ३९६८ नम्बर बनाएर चलाएको फेला परेको प्रवक्ता भट्टले बताए । ट्राफिक प्रहरीले पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय