सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगर प्रमुखमा पराजित सायमी प्रतिनिधिसभा निर्वाचनमा पनि भिड्ने

बुधबार, ०१ भदौ २०७९, २२ : ०४
बुधबार, ०१ भदौ २०७९

गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका लागि भिडेका स्वतन्त्र उम्मेदवार सुमन सायमी प्रतिनिधिसभा निर्वाचनमा पनि भिड्ने भएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा सायमी काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।  

स्थानीय निर्वाचनमा १३७७० मत प्राप्त गरी पराजित भएका उनी सम्पदा आन्दोलनका कारण लोकप्रिय छन् भने बालेन शाहसँग राम्रो सम्बन्ध छ । त्यस्तै अर्की स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जन पनि प्रतिनिधिसभा निर्वाचनमा भिड्ने भएकी छन् । श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दिने घोषणा गरेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप