शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बास्केटबल प्रतियोगिता : आर्मीको जीत

बुधबार, ०१ भदौ २०७९, २१ : ४३
बुधबार, ०१ भदौ २०७९

नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आज क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अङ्कले पराजित ग¥यो ।

जीतसँगै आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका लागि आयुश सिंहले ४४ अङ्क जोडे । पहिलो क्वार्टरमा २६–२९ ले पछि परेको आर्मी बाँकीमा भने अगाडि रह्यो । अन्य क्वार्टरमा आर्मीले क्रमशः २६–११, २२–२० र २७–२५ स्कोर ग¥यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप