शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शाब्दिक मागसहित ओल्को प्रदेश सरकारलाई बुझाइयो

बुधबार, ०१ भदौ २०७९, २१ : ३६
बुधबार, ०१ भदौ २०७९

हाम्रो संस्कृति, हाम्रो पहिचान नेपालले सुदूरपश्चिमको मौलिक पर्व ओल्के मनाएको छ । उक्त संस्थाले  सुदूरपश्चिम प्रदेश सरकारलाई शाब्दिक मागसहित ओल्के पर्व बुझाएको हो ।

संस्थाले हरेक वर्ष दिँदै आएको ओल्को यस वर्ष मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावल, सामाजिक विकासमन्त्री गोबिन्द बोहरालाई बुधबार संस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छा नेतृत्वको टोलीले ओल्को दिएको छ । संस्थाले प्रदेश सरकारलाई ओल्को दिँदै स्रष्टाहरूका लागि लोक कल्याणकारी कोषको स्थापना गर्नुपर्ने, प्रादेशिक संगीत सेन्सर बोर्डको स्थापना गर्नुपर्ने, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऎन २०७६ संशोधित गरी देउडा र स्रष्टा प्रधान हुनुपर्ने,  साँस्कृतिक संग्रहालय स्थापना गर्नुपर्ने लगायतका ४ बुँदे मागसहित ओल्को बुझाइएको संस्थाका अध्यक्ष रावतले बताए ।

 त्यस्तै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई समेत ओल्को दिइएको छ । नगर प्रमुख हमाललाई ३ बुँदे मागसहित ओल्को दिइएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप