बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपा ‘बहुमत’को युवा संगठनद्वारा सरकारलाई ३५ बुँदे मागपत्र

बुधबार, ०१ भदौ २०७९, २१ : ३१
बुधबार, ०१ भदौ २०७९

धर्मेन्द्र बास्तोला नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी ‘बहुमत’को सहायक संगठन युवा जनस्वयंसेवक, नेपालले सरकारलाई ३५ बुँदे मागपत्र बुझाउँदै सम्बोधन नभए कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाइएको मागपत्रको जानकारी दिँदै जनताको जनजीविकाको सवालमा प्रत्यक्ष जोडिएका मागहरू तत्काल पुरा नगरे सङ्घर्षमा होमिन बाध्य हुने चेतावनी दिएको हो ।

युवा जनस्वयंसेवक, नेपालले सम्पूर्ण तहका जनप्रतिनिधिहरूको विभिन्न प्रकारको तलब भत्ता पूर्ण रूपले खारेज गर्नुपर्ने, जनप्रतिनिधिको गाडी र सेवा–सुविधा अन्त्य गर्नुपर्ने माग अघि सारेको छ । संगठनले २०६२/०६३ पछिका सेना प्रमुख प्रहरी प्रमुख संस्थान प्रमुख, संवैधानिक आयोगका प्रमुख, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, गभर्नर, सभामुख, मुख्यसचिवहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गरेको छ ।

यसैगरी, सम्पूर्ण निजी विद्यालय खारेज तथा राष्ट्रियकरण गरी समान शिक्षा प्रणाली लागू गरिनुपर्ने, सरकारी कर्मचारी, जनप्रतिनिधिको लगानी भएका निजी विद्यालयहरू खारेज गर्न पनि उनीहरुले माग राखेका छन् । त्यस्तै,सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण गरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने पहिलो चरणमा तत्काल ५० वर्ष नाघेका नागरिकको हकमा र दोस्रो चरणमा ३ वर्षभित्र सम्पूर्ण उमेर समूहलाई स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न पनि संगठनले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप