शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पताललाई १५० शय्याको प्रसूति भवन हस्तान्तरण

बुधबार, ०१ भदौ २०७९, २१ : १४
बुधबार, ०१ भदौ २०७९

सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसूति भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्तान्तरण गरेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना तथा कार्यान्वयन इकाई रुपन्देहीले २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो ।

बुधवार सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले संयुक्त रूपमा चार तले सुविधा सम्पन्न  प्रसूति भवनको उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण गरेका हुन् । भवन १५० शय्याको रहेको छ । 
सो अवसरमा बोल्दै सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रसूति भवनले बुटवल र यस आसपास बिरामीहरूलाई ठुलो राहत पुग्ने भन्दै अस्पतालले बिरामीहरूलाई सहज रूपमा सर्वसुलभ र गुणस्तरीय सेवा दिनुपर्ने बताए । त्यस्तै स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले मुटु, मिर्गौला तथा क्यान्सर जस्ता रोगका कारण बर्सेनि ५ लाख नेपालीहरू गरिबीको रेखामा पर्ने गरेको तथ्याङ्क देखिएको अब सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउनुपर्ने बताए । 

 २०७५ सालमा सम्झौता भएको भवन निर्धारित समयमै सम्पन्न भएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा.इन्द्र ढकालका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा वार्षिक १३ हजारले  प्रसूति  सेवा लिन्छन् । सुविधा सम्पन्न प्रसूति भवन बनेकाले यसले नागरिकलाई राहत पुग्ने उनले बताए । 

अपानमैत्री र लिफ्टको व्यवस्था रहेको भवनमा इमर्जेन्सी, आईसीयू, एनआईसीयू, मेजर एन्ड माइनर, ओटी,पोस्ट अपरेसन रुम, मातृशिशु वार्ड, सम्पूर्ण बच्चाहरूको खोप लगाइने लगायतका कक्षहरु निर्माण भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप