बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर

बुधबार, ०१ भदौ २०७९, २१ : १४
बुधबार, ०१ भदौ २०७९

जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पतालले करिब आधा वर्षभन्दा बढी अर्थात् ८ महिनापछि विशेषज्ञ डाक्टर पाएको हो ।

गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खाँतीले बीचमै छाडेपछि  मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली थियो ।  यसै समस्यालाई मध्येनजर गर्दै मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पतालमा ५ वर्षको लागि पठाइएको छ ।    

मुगालीको स्वास्थय क्षेत्रलाई मनन गर्दै बिरामीको मर्म बुझेर आफूले प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरको व्यवस्था मिलाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले बताए । अस्पतालमा लामो समयसम्म विशेषज्ञ डाक्टर नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बाहिरी   रिफर गर्नुपर्ने अवस्था रहको थियो ।        

आठ महिनापछि विशेषज्ञ डाक्टर आउँदा अब जिल्लाका सामान्य खालका अप्रेसन, हर्निया, हाइड्रोसिल, एपेन्डिसायटिस्ट, सुत्केरी महिला, पाठेघरका समस्या, बालबालिकाका समस्या जिल्लामै समाधान हुने स्वास्थ्य सेवा कार्यालय मुगुका व्यवस्थापक उमेश गौतमले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप