देउवाविरुद्ध इतर समूहको ‘खबरदारी सभा’
नेपाली काँग्रेसको संस्थापन इतर समूहले ‘एकाधिकारविरुद्ध’ खबरदारी सभा गरेको छ। इतर समूहनिकट रहेका भ्रातृ संगठनका नेताहरुले बुधबार राष्ट्रियसभा गृहमा ‘एकाधिकारविरुद्ध’ खबरदारी सभा गरेका हुन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल महिला संघको ब्यानरमा आयोजना गरिएको सभामा काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी प्रमुख अतिथि रहेका थिए । सभामा केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइराला पनि सहभागी थिए।
यस्तै, १४ औँ महाधिवेशनमा पार्टीको प्रदेश कार्यसमिति सभापतिका उममेदवारहरुसँगै नेविसंघ, तरुण दलका पूर्व अध्यक्ष, नेता–कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यद्यपि, समूहको नेतृत्व गर्दै आएको डा. शेखर कोइराला र १४ औँ महाधिवेशनमा इतर समूहबाट पदाधिकारीमा विजयी भएका नेताहरुको भने उपस्थिति थिएन।
भेलामा सहभागी नुवाकोट काँग्रेसका निवर्तमान सभापति तथ बागमती प्रदेश कार्यसमितिको सभापति पदका उम्मेदवार जगदीश्वर नरसिंह केसीले समूहका नेता डा। कोइरालाकै सल्लाहमा खबरदारी सभा गरिएको बताए । उनले पार्टीमा देखिएको मनपरी र १४ औँ महाधिवेशनमा मत नदिएका नेतालाई आशन्न निर्वाचनमा टिकट नदिने षडयन्त्रका विरुद्ध खबरदारी गर्न सभा आयोजना गरिएको बताए । खबरदारी सभाको संयोजन तरुण दलका नेता निराजन थापाले गरेका थिए भने विद्यार्थी नेता विजय ढुंगानाले संयोजन गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी