सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवद्वारा विभिन्न विभाग प्रमुख र प्रदेश इन्चार्ज प्रस्ताव

बुधबार, ०१ भदौ २०७९, २० : ३३
बुधबार, ०१ भदौ २०७९

जनता समाजवादी पार्टी नेपालको आजदेखि सुरु भएको राजनीतिक समितिको बैठकमा सो पार्टी अध्यक्ष उपेन्द्र यादवले विभिन्न सातवटा विभागको कार्य समिति प्रस्ताव गरेका छन् । 

जसपाका कार्यकारिणी समितिका सदस्य रामसहाय यादवको संयोजकत्वमा २० सदस्यीय संगठन विभागको प्रस्ताव गरिएको छ । त्यस्तै, कार्यकारिणी सदस्य सुशीला श्रेष्ठको संयोजकत्वमा १२ सदस्यीय जनसंगठन विभागको पनि प्रस्ताव गरिएको छ । त्यस्तै, कार्यकारिणी सदस्य पूर्णबहादुर बस्नेतको संयोजकत्वमा ११ सदस्यीय सूचना, सञ्चार प्रकाशन तथा प्रचार विभाग, कार्यकारिणी सदस्य विजय यादवको संयोजकत्वमा १० सदस्यीय आर्थिक विभाग, कार्यकारिणी सदस्य रणध्वज कन्दङ्वा लिम्बुको संयोजकत्वमा १२ सदस्यीय बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभाग, कार्यकारिणी सदस्य रामबाबु श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय युवा विद्यार्थी तथा खेलकुद विभाग र लीला श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय महिला विभागको प्रस्ताव गरिएको छ । 

त्यस्तै, प्रदेश, राष्ट्रिय समिति तथा भातृ संगठनलगायतका इन्चार्ज प्रस्ताव गरिएको छ । प्रदेश १ को इन्चार्जमा रकम चेम्जोङ, सहइन्चार्जहरु परशुराम, रामविलास यादव र प्रविण चाम्लिङ रहेका छन् । मधेस प्रदेशको इन्चार्जमा मृगेन्द्रकुमार सिंह यादव, सहइन्चार्जहरुमा आत्माराम साह र दीपक कार्की छन् । त्यस्तै, बागमती प्रदेशको इन्चार्जमा कृष्ण बहादुर धजु र सहइन्चार्जमा लालबहादुर तामाङ, सुनि लामा, मोहन बराइली, लक्ष्मण हुमागाईँ रहेका छन् । गण्डकी प्रदेशको इन्चार्जमा शिवलाल थापा र सहइन्चार्जहरुमा धनप्रसाद तामाङ, खेमजंग गुरुङ, राजन केसी रहेका छन् भने लुम्बिनी प्रदेशका इन्चार्जमा मोहम्मद इस्तियाक राइ र सहइन्चार्जहरुमा नवीन कुमार सुनुवार, केशवलाल शर्मा पौडेल, कर्णाली प्रदेशलाई केन्द्रले नै हेर्नेछ । 

यसै गरी, सुदूर पश्चिम प्रदेशको इन्चार्जमा मालामती चौधरी र सहइन्चार्जमा भीमबहादुर थापा, गैर भौगोलिक विशेष प्रदेश इन्चार्जमा रेखा यादव, सहइन्चार्जमा देवराज राई, प्रवास विशेष प्रदेश इन्चार्जमा आङकाजी शेर्पा, सहइन्चार्जमा मानबहादुर राई, पीजी शेर्पा, खसान राष्ट्रिय समति इन्चार्जमा युवारज कार्की, थरुहट राष्ट्रिय समिति इन्चार्जमा होरीलाल चौधरी, मगरात राष्ट्रिय समिति इन्चार्जमा कर्णबहादुर मगर र सहइन्चार्जमा देवबहादुर दुरा, तमुवान राष्ट्रिय समिति इन्चार्जमा रुद्र बहादुर गुरुङ, सहइन्चार्जमा निर्मल जिसी, नेवाः राष्ट्रिय समिति इन्चार्जमा पञ्चलाल महर्जन, सहइन्चार्ज राधाकृष्ण महर्जन, शोभा बज्राचार्य, भगवती सुवेदी, तामसालिङ राष्ट्रिय समिति इन्चार्जमा मानध्वज ब्लोन, सहइन्चार्जमा कृष्ण घलान, शेर्पालुङ राष्ट्रिय समिति इन्चार्जमा लाक्पा शेर्पा, किरात राष्ट्रिय समिति इन्चार्जमा रमेश राई, सहइन्चार्जमा सिद्धान्त राई, लिम्बुवान राष्ट्रिय समिति इन्चार्जमा खगेन्द्र माखिम, मधेस राष्ट्रिय समिति इन्चार्जमा नित्यानन्द ताजपुरिया र शिल्पी विशेष प्रदेश समिति इन्चार्जमा कमला हेमचुरी र सहइन्चार्जमा दलमर्दन कामी प्रस्ताव गरिएको छ । यी प्रस्तावमाथि छलफल जारी रहेको छ । राजनीति समितिको सदस्यहरूले यस विषयमा आआफ्ना कुरा राख्ने क्रम जारी राखेका छन् । भोलि पुनः बैठक बस्नेछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप