शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपडामा लेपन गरेर ल्याएको ९७२ ग्राम सुन विमानस्थलबाट बरामद, ४ जना पक्राउ

बुधबार, ०१ भदौ २०७९, २० : १७
बुधबार, ०१ भदौ २०७९

दुबईबाट काठमाडौं आएका दुईजना युवाले कपडामा लेपन गरेर ल्याएको सुन प्रहरीले बरामद गरेको छ । दुबईबाट काठमाडौं आएका दुईजनाले कपडा भित्र लेपन गरेर ल्याएको ९७२ ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका डिआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।  

विमानस्थल प्रहरीले सुन ल्याउने र एयरपोर्टमा सुन रिसिभ गर्न गएका दुई जनासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २४ वर्षीय सोम बहादुर बिक, मोरङ घर भएका २८ वर्षका रिवाज गजमेर, सुन रिसिभ गर्न गएका सिन्धुपाल्चोक भोटेकोशीका धन बहादुर विक र सिन्धुली घर भएका सागर न्यौपाने छन् ।

सोमबहादुर र रिवाजले पाइन्ट र भित्री कपडा डबल सिलाएर त्यसभित्र सुनको पेष्ट बनाएर लेपन गरेर ल्याएका हुन् । यसअघि पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसरी नै सुन ल्याउने समूहलाई पक्राउ गरेको थियो । साउन २९ र ३० मा पक्राउ गरेर उनिहरुलाई विमानस्थल भन्सार कार्यालयमा बुझाएको डिआईजी ज्ञवालीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप