एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसिप भदौ तेस्रो साता

एनआरएनए स्पोट्र्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप भदौ अन्तिम साता आयोजना हुने भएको छ ।
आयोजकले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सातदोबाटोस्थित कराँते हलमा प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने जनाएको हो । दुई दिने प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ४ केजी र ८४ केजी माथिको तौल समूहमा प्रतिष्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी दिएको हो । यस्तै महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६ केजी र ६८ केजी भन्दा माथिको तौल समूह प्रतिष्पर्धा हुनेछ । त्यस्तै महिला तथा पुरुष एकल काता, टिम काता र टिम कुमुतेमा समेत प्रतिष्पर्धा हुनेछ ।
नेपाल ईन्भेष्टमेण्ट बैंक, हिमालयन बैंक र मेघा बैंक लगायतका निकायहरुको आर्थिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न सात प्रदेश, विभागीय टोली त्रिभूवन आर्मी क्लब, नेपाली प्रहरी, नेपाल एपिएफ र एनआरएनसहित ११ टोलीले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा कुल ३ सय १० खेलाडीहरूले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगितामा प्रत्येक तौल समूहमा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५/५ हार रुपैयाँ पाउनेछन् भने महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कार प्रदान गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत