शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंकहरुले सहज सेवा नदिएको गुनासो

बुधबार, ०१ भदौ २०७९, १७ : ३५
बुधबार, ०१ भदौ २०७९

लुम्बिनी प्रदेशका बैंकहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्न प्रदेश सरकारले आग्रह गरेको छ । प्रदेशको सार्वजनिक लेखा समितीले बैंक तथा वित्तिय संस्थाले झन्झटिलो तरिकाले सेवा प्रवाह गरेको भन्दै सहज सेवाका लागि आग्रह गरेको हो । 

प्रदेशको सार्वजनिक लेखा समितिका सभापति बिष्णु पन्थीले बुधबार बैंकरहरुसंग गरेको छलफलमा यस्तो आग्रह गरेका हुन् । एक वर्षसम्म पनि फाइल अड्काएर राखिदिने, सहज सेवा नदिने, ब्याजदर घटबढको जानकारी पनि नदिने जस्ता क्रियाकलाप भएको गुनासो सेवाग्राहीबाट आएको भन्दै सभापति पन्थीले त्यसो नगर्न बैंकहरुलाई आग्रह गरेका हुन् । यसो गर्दा सेवा लिएर उद्यम गर्न चाहाने सेवाग्राहीहरु निशास भएको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक भैरहवाकी निर्देशक रञ्जना पौडेलले राष्ट्र बैंकले सर्वसाधारणले जम्मा गरेको रकम जोखिम हुन नदिन नीतिगत कडाई गरेको भएपनि सहुलियतपूर्ण कर्जाका लक्षित बर्गमा हुने ऋण प्रवाहलाई भने सहज बनाउन निर्देशन दिएको उल्लेख गरिन् ।

छलफलका क्रममा लेखा समितिका सदस्यहरु भोजप्रसाद श्रेष्ठ, रमा अर्याल, रामजीप्रसाद घिमिरे र रेवतीरमण शर्माले लुम्बिनी प्रदेशमा बैंक तथा वित्तिय संस्थाहरुले गरेको लगानी र त्यसको प्रतिफलका लागि सार्वजनिक लेखा समितीले समेत चासो दिएको बताउँदै सर्वसाधारणका गुनासा आउने अवस्थाको अन्त्य गर्न बैंकहरुले सोहीअनुसार सहज वातावरण गराउनुपर्ने धारणा राखे ।

उनीहरुले पछिल्लो समय आर्थिक समस्या देखाएर बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाहमा चासो नदिएको, बैदेशिक रोजगारीबाट फर्केर उद्यमशील बन्न चाहनेहरुलाई कर्जा प्रवाह गर्न कञ्जुस्याई गरेको गुनासा आउने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप