मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा सुरु

बुधबार, ०१ भदौ २०७९, १७ : ०३
बुधबार, ०१ भदौ २०७९

सत्ता गठबन्धनको कार्यदल बैठक सुरु भएको छ । प्रदेश र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन कार्यदलको बैठक सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरूबीच छलफल भइरहेको छ । बुधबार अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि ५ बजेदेखि मात्र छलफल सुरु भएको हो । यसअघि  तीन पटक बसेको कार्यदलको बैठक औपचारिकतामै सीमित भएको थियो । 

यद्यपि ०७४ को आम निर्वाचन र गत स्थानीय निर्वाचनको परिणाम तथा नेताहरुको व्यक्तित्वलाई मध्यनजर गरी सिट बाँडफाँटको मापदण्ड बनाउने विषयमा कार्यदलमा एकमत छ । तर संख्यात्मक हिसाबले सिट बाँडफाँट हुन सकेको छैन । 

आजको बैठकमा ठोस छलफल गर्ने कार्यदलको तयारी छ । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले बैठकपछि गठबन्धनका शीर्ष नेतासँग छलफल गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप