नेकपा समाजवादीले तोक्यो मापदण्ड, उम्मेदवार बन्न ७ शर्त
नेकपा (एकीकृत समाजवादी) ले मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन सात मापदण्ड तय गरेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले सातवटा मापदण्डभित्र पर्नेमात्रै पार्टीको उम्मेदवार बन्न सक्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार समावेशी समानुपातिकका सिद्धान्तलाई आत्मसात गर्दै सातवटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन बैठकले निर्देशन दिएको छ । भदौ २० भित्र जिल्ला र प्रदेशबाट आएका (नाम) सिफारिसमा केन्द्रले छलफल गरेर टुंग्याउने भएको छ ।
यस्ता छन् मापदण्ड:
१.पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको,
२.पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको,
३.पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको,
४.आर्थिक र नैतिक आचरण राम्रो भएको,
५.जनतामा स्थापित र लोकप्रीय रहेको,
६.स्वच्छ छवि र सुशासनको पक्षपाती,
७.कार्यक्षमता र सक्रियता राम्रो भएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान