सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति फाइनल

बुधबार, ०१ भदौ २०७९, १६ : ५९
बुधबार, ०१ भदौ २०७९

नेकपा माओवादी केन्द्रको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने सबै नेताको नाम फाइनल भएको छ । बुधबार बसेको माओवादी स्थायी समिति बैठकले पदाधिकारीबाहेक सबै कमिटीमा रहने नेताहरुको नाम टुंगो लगाएको हो । 

बैठकले ४१ जना सदस्य स्थायी समिति सदस्य, १२५ जना पोलिटब्युरो सदस्य, २६ जना वैकल्पिक पोलिटब्युरो सदस्य र ३४१ जना केन्द्रीय समिति सदस्य रहने टुंगो लगाएको आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले जानकारी दिए। स्थायी समिति बैठकले थप ८ जनालाई केन्द्रीय समितिमा राखेर कुल ३४१ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको उनको भनाइ छ । सबै स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहेका नेताहरुको नाम बिहीबारको स्थायी समिति बैठकपछि सार्वजनिक गरिने छ । 

यस्तै माओवादी केन्द्रले बुधबार बस्ने स्थायी समिति बैठकबाट पदाधिकारीको पनि टुंगो लगाउने भएको छ । ‘पार्टी बैठकमा भोलि पदाधिकारी टुंगो लगाउने निर्णय गरेको छ । अहिलेसम्म अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बाहेक कति पदाधिकारी बनाउने भन्ने विषयमा विधानमा स्पष्ट उल्लेख छैन’ एक स्थायी समिति सदस्यले भने, ‘अध्यक्ष प्रचण्ड कमरेडले उपाध्यक्ष,उपमहासचिव,सचिव लगायत कति पदाधिकारी बनाउने भन्ने विषयमा गृहकार्य गर्नुहुन्छ । त्यसपछि पदाधिकारीमा बस्ने नेताको नाम समेत प्रस्ताव गर्नुहुनेछ ।’ 

कति संख्याको पदाधिकारी बनाउने भन्ने विषयमा फाइनल नभएकाले को को कुन पदाधिकारीमा भन्ने भन्ने टुंगो नलागेको ती नेताले बताए । 

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पनि संगठन सम्बन्धी एजेण्डामा छलफल केन्द्रित भएको बताए । उनले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने  सदस्य र पदाधिकारीका बारेमा छलफल  भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप