मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भेटेरिनरी एशोसिएसनद्वारा पशु सेवा परिषद् विधेयकको विरोध

बुधबार, ०१ भदौ २०७९, १६ : ३९
बुधबार, ०१ भदौ २०७९

भेटेरिनरी एशोसिएसनले पशु सेवा परिषद् विधेयकको विरोध गरेको छ । बुधबार एक विज्ञप्तिमार्फत एशोसिएनसले आफूहरुको सरोकारयुक्त विषयलाई नसमेटिकन प्रतिनिधिसभाबाट एकपक्षीय ढंगले विधेयक पारित गर्ने काम भएको भन्दै विरोध गरेको हो । 

एशोसिएसनका अध्यक्ष डा शीतलकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा विदेशमा रहेका जनशक्ति स्वदेश भित्र्याउने नीति र वातावरण विकास गरिनुपर्नेमा उल्टै दिनानुदिन वैज्ञानिक जनशक्ति पलायन हुने अवस्था सिर्जना गर्न खोजिएको आरोप लगाइएको छ । यसविरुद्ध एशोसिएसनले भदौ १ देखि ७ गतेसम्मका लागि विरोधका कार्यक्रम समेत तय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप