मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका नेता हेमराज राई एमालेमा प्रवेश

बुधबार, ०१ भदौ २०७९, १६ : ३५
बुधबार, ०१ भदौ २०७९

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् । 

जसपाभित्रको अशोक राई पक्षका नेता राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । यसअघि प्रदेश १ बाट राष्ट्रियसभा उम्मेदवार भएपनि राई पराजित भएका थिए । उनलाई एमालेका सोनाम शेर्पाले हराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप