सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस अब काँग्रेस रहेन, माओवादीको कार्यकर्ता बन्यो : अध्यक्ष ओली

बुधबार, ०१ भदौ २०७९, १६ : ३२
बुधबार, ०१ भदौ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस विचार शून्य भएर माओवादीको कार्यकर्ता भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै ओलीले काँग्रेसले लोकतन्त्रलाई छाडेको आरोप लगाए । 

उनले भने–‘काँग्रेस लोकतान्त्रिक विचार, आचरण, सिद्धान्त केहीमा पनि रहन सकेन । इतिहासमा पनि काँग्रेसले ठूला ठूला अलोकतान्त्रिक काम गरेर आएको पार्टी हो । देशहीतका विरुद्ध अनेक काम गरेर आएको पार्टी हो काँग्रेस । सप्रिएला की, अनुभवबाट सिक्ला की भनेको झन्झन् सकिँदै गएको छ काँग्रेस । अब काँग्रेसलाई काँग्रेस नभनौँ ।’

उनले माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी रहेको काँग्रेस त्यो कम्पनीको पछि पछि लागेको दावी गरे । माओवादीको नीतिमा काँग्रेस लुरुलुरु हिँडेको उल्लेख गरे । उनले कर्मचारी र प्रहरीलाई काँग्रेसले आफू अनुकूल बनाएको दावी गर्दै त्यसलाई तोडेर एमालेले बहुमत ल्याउने दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप