बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

माओवादीले बिहीबार पदाधिकारी टुंग्याउने

बुधबार, ०१ भदौ २०७९, १६ : २४
बुधबार, ०१ भदौ २०७९

नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीसहित सांगठनिक कमिटीलाई पूर्णता दिने भएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी कमिटीलाई पूर्णता दिनेबारे बृहद छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले बैठक संगठन सम्बन्धी एजेण्डामा केन्द्रीत रहेको भन्दै केन्द्रीय कमिटीमा थप्नुपर्ने केही सदस्य, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिँदै पदाधिकारी टुंग्याउनेगरी छलफल अघि बढेको बताए । ‘सवैमा विस्तृत छलफल गर्यौँ, भोली विहान टुंगोमा पुग्छौँ । आज छलफल सुरु भयो’, महराले बैठकपछि भने, ‘पदाधिकारी पनि भोली नै टुंग्याउछौँ ।’ माओवादी केन्द्रको महाधिवेशन गत पुसमा भएपनि पदाधिकारी टुंग्याउन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप