बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

बुधबार, ०१ भदौ २०७९, १५ : ४१
बुधबार, ०१ भदौ २०७९

खातामा रकम नभएको चेक दिएर ठगेको आरोपमा ४२ लाख जरिवाना तोकिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भएर काठमाडौंको बानेश्वर बस्ने निरज बुढाथोकी छन् ।

३९ वर्षीय बुढाथोकीलाई कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी कमल थापाले रातोपाटीलाई बताए । उच्च अदालत पाटनले २०७७ पुसमा बुढाथोकीलाई ४२ लाख जरिवाना र ८ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।

निरजले दिएको सेन्चुरी बैंक कोटेश्वर शाखाको चेक बाउन्स भएपछि पीडितले उनीविरुद्ध उजुरी हालेका थिए । उनलाई जिल्ला अदालतको आदेशले डिल्लीलबार कारागार चलन गरिएको एसपी थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप