बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एकजना पक्राउ, ३ सय बढी सुरक्षाकर्मी परिचालन
बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फोहोर विसर्जनमा अवरोध गर्ने एकजनालाई पक्राउ गरिएको नुवाकोटका एसपी रमेश पण्डितले रातोपाटीलाई बताए । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि नेपाल प्रहरीका दुईजना एसपीको कमाण्डमा दुई सयभन्दा धेरै प्रहरी परिचालन गरिएको छ । बञ्चरेडाँडामा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र नुवाकोटका एसपी रमेश पण्डित नेतृत्वको टिम परिचालन गरिएको छ ।
फोहोर बिसर्जन स्थलमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका डिएसपी दामोदर ढोडारीको नेतृत्वमा बञ्चरे डाँडामा डेढ सय भन्दा बढी सशस्त्र प्रहरी खटिएका छन् । मंगलबार फोहोर बिसर्जनमा स्थानीयले अवरोध गरेपछि प्रहरी ५ राउण्ड हवाई फायर गरेको थियो ।
अहिले सहज रुपमा फोहोर विसर्जनको काम भइरहेको एसपी पण्डितले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री
-
वर्षा बाधक बनेपछि बराबरीमा सकियो अस्ट्रेलिया र भारतबिचको तेस्रो टेस्ट
-
चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही
-
१० वर्षीया बालिकाको मृत्युपछि पाकिस्तान भागेर प्रहरीलाई फोन
-
बार अध्यक्ष घिमिरेविरुद्धको अदालतको अवहेलनाको पेसी ३२ औ नम्बरमा
-
बंगलादेशले वेस्ट इन्डिजलाई उसैको घरमा हरायो