विप्लव लगायतविरुद्ध जारी पक्राउ पुर्जी फिर्ता लिन माग

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरुलाई पक्राउ पुर्जी जारी गरिएको प्रति गुल्मीका कार्यकर्ताले विरोध जनाएका छन् । गत साउन १६ गते जिल्ला अदालत ललितपुरले विप्लवसहित २८ जना शीर्ष नेताहरु माथि ३५ दिने पक्राउ पूर्जी जारी गरेको थियो । त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालय गुल्मीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै पार्टीका गुल्मीस्थित कार्यकर्ताहरूले पक्राउ पूर्जी फिर्ताको माग गरेका हुन् ।
यसअघि २०७७ साल फागुन २१ गते उक्त पार्टीमाथि लगाइएको प्रतिबन्ध सरकारले फिर्ता गरेको थियो । तर फेरि पक्राउ पुर्जी जारी गरिएकोप्रति गुल्मीका कार्यकर्ताले विरोध जनाएका हुन् । पार्टीका गुल्मी जिल्ला सेक्रेटरी सुमन नेतृत्वका कार्यकर्ताले ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले आफुले सम्वन्धित निकायमा सन्देश पुर्याउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !