शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीयलाई लुटेको आरोपमा बसपार्कबाट ३ जना डान्सबार संचालक पक्राउ

बुधबार, ०१ भदौ २०७९, १५ : १२
बुधबार, ०१ भदौ २०७९

नयाँ बसपार्कमा रहेको डान्सबारमा भारतिय नागरिकलाई लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना महिला र एकजना पुरुष छन् । 

‘सस्तोमा होटल मिलाउँछौं’ भनेर ठमेलबाट भारतिय नागरिकलाई ल्याएर गएराती डान्सबारमा लगेपछि लुटेको आरोप छ । लुटिने ५ जना भारतिय नागरिक मध्ये केही सरकारी कर्मचारीहरु छन् । 

पीडितबाट जाहेरी लिएर लुटमा संलग्नहरूलाई मुद्दा चलाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । एसएसपी बोहराले भने–‘अनुसन्धान हुँदै छ कानुन बमोजिम हुन्छ ।’  

आरोपीहरुलाई अहिले प्रहरी वृत महाराजगञ्जमा राखिएको छ । यसअघि पनि बसपार्कका डान्सबारमा भारतिय पर्यटक लुटिने गरेको गुनासो आउने गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप