शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दलहरूको मत विभेदका कारण नामकरण टुंगिन सकेन :  सभामुख भण्डारी

बुधबार, ०१ भदौ २०७९, १४ : ४९
बुधबार, ०१ भदौ २०७९

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले यही संसदबाट प्रदेशको नामकरण गर्ने सम्भावना नरहेको बताएका छन् । उनले चालु संसदबाट प्रदेश सरकारको नामकरण हुने सम्भावना न्युन रहेको बताएका हुन् ।

उनले पार्टीहरूका आफ्ना–आफ्ना अडान र नेताहरुको केन्द्रिकृत भावनाले प्रदेशको नामकरण हुन नसकेको बताए । उनले प्रदेश संसदले प्रदेशको नामकरणका लागि दलहरुबीचमा छलफल गराएपनि त्यो सहमति बन्न नसकेको बताए । प्रदेश सभामुख भण्डारीले राजनीतिक दलहरुमा पनि भुगोल, जातियता, प्राकृतिक, सांस्कृतिक पहिचान झल्कने खालका नाममा आफ्नो अडान राख्दा सहमति जुट्न नसकेको दाबी गरे ।

उनले प्रदेशको नामकरणका लागि दलहरूको सहमति नै आवश्यक रहेको भन्दै कुनै दलले चाहेर मात्रै नामकरण गर्न नमिल्ने बताए । उनले प्रदेशको नाममा सहमति बनाउन दुई तिहाई सांसदहरुको सहमति हुनुपर्ने बताए ।   उनले कार्यकाल सकिन लाग्दा समेत प्रदेशको नामकरण गर्न नसकेकोप्रति दुःख लागेको बताए । सर्वदलीय बैठकमा दलको सहमति भएर परिणाम निस्किने गरी मात्रै प्रक्रिया अघि बढाउनुपर्छ भन्ने सहमति भएअनुसार नामकरणको लागि अहिले कुनै प्रक्रिया अघि नबढाएको बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप