बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हलिउड निर्देशक उल्फग्याङ्ग पिटरसनको निधन

बुधबार, ०१ भदौ २०७९, १४ : २९
बुधबार, ०१ भदौ २०७९

चर्चित हलिउड निर्देशक उल्फग्याङ्ग पिटरसनको ८१ वर्षमा निधन भएको छ । पिटरको गत शुक्रबार आफ्नो ब्रेन्टबुडस्थित घरमा निधन भएको हलिउड मिडियाले जनाएका छन् । पिटरसनका प्रतिनिधि मिशेल बेगाले उनी क्यान्सरबाट पिडित रहेको जानकारी दिएकी छन् ।

जर्मनीमै जन्मियर १९६० मा पश्चिम जर्मन टेलिभिजनबाट निर्देशन करियर सुरु गरेका पिटरसनले १९८१ मा निर्देशन गरेको ‘दास बुट’ लाई अन्तर्राष्ट्रिय स्तरको ख्याति मिलेको थियो । यो फिल्म दोस्रो विश्व युद्धमा आधारित थियो । उनी ओस्कारमा ६ पटक नोमिनिजमा परेका थिए । दुई पटक बेष्ट निर्देशक र दुई पटक बेष्ट स्क्रिन प्ले पनि थियो ।

उनका चर्चित फिल्महरु दास बूट, एअर फोर्स वन, ट्रोय, पोसेईडन, द परफेक्ट स्ट्रोम हुन् । पहिले जर्मन फिल्म बनाउने गरेकोमा उनी पछि हलिउड फिल्ममा निर्देशकको अलवा निर्माण तथा स्क्रिप्ट लेखनमा पनि सक्रिय थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप