बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको राजनीतिक समितिको बैठक सुरु

बुधबार, ०१ भदौ २०७९, १४ : १७
बुधबार, ०१ भदौ २०७९

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न राजनीति समितिको बैठक बालकुमारीमा सुरु भएको हो ।

संघ, प्रदेशको चुनावमा कस्ता कस्तालाई उम्मेदवार बनाउने त्यसका मापदण्डको विषयमा छलफल गर्नुको साथै पार्टी समायोजन तथा संगठन विस्तारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ । जसपा विभाजन भएपछि यो पहिलो राजनीति समितिको बैठक हो । यो बैठक बस्नुअघि कार्यकारिणी समितिको बैठक बसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप