आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘विकास निर्माणमा अबको भूमिका नगरपालिकाहरूको’

बुधबार, ०१ भदौ २०७९, १४ : १०
बुधबार, ०१ भदौ २०७९

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भूमिका नगरपालिकाहरूको रहेको बताएका छन् । बुधवार नेपाली काँग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन् । 

उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरु मात्रै प्राथमिकता गर्ने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताए ।  उनले सांसदहरुले साना साना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए । उनले स्थानीय जनप्रतिनिधिहरुले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिए । उनले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायहरूलाई सहयोग गरे अर्कोपटक चुनाव लड्न सजिलो हुने बताए । उपाध्यक्ष पौडेलले जनप्रतिनिधिहरु सकेसम्म सबै जनताको बीचमा जान पनि सुझाव दिए । 

उनले भने, ‘स्थानीय तहले बजेट बनाउँदा विशेषमा एकदमै ध्यान दिनुपर्छ । ठूला नगरपालिकाहरुले पनि एउटा शीर्षकको लागि भनेर माग गरेको बजेट उल्टोपाल्टो गरेर पठाएको धेरै छ । जस्तो सडक निर्माणको लागि माग गरेको बजेट विशेषमा अन्तर्गत रहेको छ । त्यस्तो गर्दा पाउनेले पनि नपाएको हुन्छ । गाउँपालिकाको निर्णय भनेर योजना आयोगको उपाध्यक्षकोमा ल्याएर छोड्नुहुन्छ, त्यस्तो गरेर हुँदैन योजना आयोगको फर्मल च्यानलमा हाल्नुपर्छ । अहिले भविष्य नगरपालिकाहरुकै रहेको छ । माथि ठूला कामहरु मात्रै गर्ने भन्ने भएको छ । सांसदहरुले भित्रभित्रका साना सडक बनाउनु भनेपनि त्यो बिस्तारै हट्छ । संघीय सरकार केन्द्रको अधिकारभित्र रहन्छ त्यसैमा प्राथमिकता दिने हो । स्थानीय तहले पाउने राजश्वहरु पाउनुहुन्छ । योजना आयोगमा पैसा माग्न आउनुपरेन । स्थानीय तहले जथाभावी खर्च गर्नु । पर्यटन क्षेत्रमा टिकट प्रणाली बनाउनु त्यो पैसा विपन्न तथा शिक्षा क्षेत्रमा हाल्नु । विपन्नलाई सहयोग ग¥यो भने अर्को पटक चुनाव लड्न सजिलो हुन्छ । जनतालाई आफैँ भेटेर सबैसँग छलफल गर्नुस् ।’ उनले स्थानीय तहले बजेट बनाउँदा विषेश बजेटमा ध्यान दिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप