शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

महाभियोग सिफारिस समितिको पहिलो बैठक सकियो, के–के भयो निर्णय ?

बुधबार, ०१ भदौ २०७९, १३ : ४३
बुधबार, ०१ भदौ २०७९

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले रातोपाटीलाई जानकारी दिए । अर्को बैठकमा समितिको सदस्य चयन गर्ने बारेमा पनि छलफल भएको छ  । 

उनले भने–‘आगामी बैठकमा कार्यतालिका प्रस्तुत गर्ने, त्यसका लागि संसद सचिवालयले कार्यतालिका तयार गर्ने, त्यसपछि कसरी काम गर्ने भनेर कार्यविधि बनाउने, कार्यविधिमाथि छलफल गरेर आउने बैठकमा पास गर्ने, समिति सभापति चयन गर्ने लगायतका विषयमा छलफल भयो ।’

आजको बैठकमा केही सदस्य नआएका कारण सभापति चयन गर्ने काम अर्को बैठकका लागि सारिएको उनले बताए । बैठकमा काम ढिलो सुरु भएको र समयमै सक्ने बारेमा चुनौती रहेको बिषय सांसदहरुले उठाएका थिए । बैठकमा सहभागी सदस्यहरुले कसरी काम छिटो गर्न सकिन्छ सो प्रक्रियाबाट जानुपर्नेमा जोड दिएका थिए । 

उनले भने–‘छिटो गर्ने भनेर एकैचोटी काम सक्ने भन्ने कुरा हुँदैन, त्यसका लागि मान्छे उपस्थित गराएर बयान लिनुपर्यो, त्यसका लागि केही समय लाग्नेबारे कुराकानी भयो । छिटो टुङ्गोमा पुर्याउने बारेमा सहमति भएको छ ।’ गत फागुन १ गते प्रधानन्यायाधीश राणामाथि २१ वटा आरोपसहित महाभियोग प्रस्ताव दर्ता गरिएको थियो । गत फागुन २२ गते महाभियोग सिफारिस समिति बनेको थियो । समितिमा ११ सदस्य रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप