शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नवीनको नयाँ गीतमा स्वीकृतिको नृत्य

बुधबार, ०१ भदौ २०७९, १३ : ४०
बुधबार, ०१ भदौ २०७९

चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलको नयाँ गीत ‘हरहर बासना अगरबत्तीको’ सार्वजनिक भएको छ । गीत गायनमा पौडेललाई आशा बिसीले स्वरमा साथ दिएकी छन् ।  गायक पौडेलकै शब्द तथा रवि कार्कीको लय रहेको गीतको एरेन्ज कृष्ण केसीले गरेका हुन् ।

गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा स्वीकृति पौडेलको आकर्षक नृत्य देख्न सकिन्छ । स्वीकृतिलाई सन्तोष शर्माले साथ दिएका छन् । स्वीकृति गायक पौडेलकी छोरी हुन् । कक्षा ८ मा अध्ययनरत पौडेलको भिडियो अभिनय र नृत्य सुहाउँदो छ ।

स्वीकृतिले यस अगाडि गायक पौडेलकै गीत ‘बोल्नुपर्छ ओइ’ ‘लेउ खुकुरी लेउ’, ‘पर्यो देशलाई चोट’ जस्ता गीतको भिडियोमा समेत अभिनय गरिसकेकी छन् । बुटवलका आसपासका स्थानमा छायाङ्कन भएको भिडियोको निर्देशन बिष्णु भट्टराइले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप