शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईलाई एन्फामा स्वागत

बुधबार, ०१ भदौ २०७९, १३ : ३१
बुधबार, ०१ भदौ २०७९

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्वागत गरेको छ । बुधबार कम्प्लेक्समा एन्फा महासचिव किरण राईले प्रशिक्षक हुमागाईलाई स्वागत गरेका हुन् ।
हुमागाईलाई एन्फा कार्यसमितिको दोस्रो बैठकले असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो । हुमगाईले बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विवादको विषय नसुल्झिएको अवस्थामा हुमागाईलाई एन्फाले एक खेलका लागि प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

हुमागाईं नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीका पनि मुख्य प्रशिक्षक हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप